Notices

नेपाल अमेरिका बीचको ब्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी अन्र्तक्रिया बैठक

नेपाल सरकार बाणिज्य मन्त्रालयको तत्वावधानमा संयुक्त राज्य अमेरिकाद्वारा हालै नेपाललाई ६६ ओटा बिभिन्न प्रकारका वस्तुहरुको आयातमा उपलब्ध गराएको भंसार रहित सहुलियत लगायत दुई देश बीचको ब्यापार तथा लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा सरकारी तथा निजी क्षेत्रसंग सम्बन्धित सरोकारवालाहरुसंग छलफल एवं परामर्श गर्ने हेतुले गत चैत्र ९, २०७३ मा काठमाण्डौंमा नेपाल अमेरिकाबीच ब्यापार, लगानी तथा निर्यात प्रवद्र्धन बिषयक अन्र्तक्रिया सम्पन्न भयो । सो अन्र्तक्रियामा संघका अध्यक्ष श्री चण्डी प्रसाद अर्यालद्वारा नेपाली तयारी पोशाक उद्योगको वर्तमान अवस्था तथा संयुक्त राज्य अमेरिकामा तयारी पोशाकको निर्यातसंग सम्बन्धित बिषयहरुका अलावा ६६ ओटा बिभिन्न वस्तुहरुको निर्यात अवस्था बारेमा केन्द्रीत रहि एक कार्य पत्र प्रस्तुत गर्नुभयो । सरकारी तथा निजी क्षेत्रसंग सम्बन्धित बिभिन्न महानुभावहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा भंसार रहित सुविधा प्राप्त ६६ ओटा नेपाली वस्तुहरुको ब्यापार बृद्धिमा सबैको जोड रहेको पाईयो । अन्र्तक्रियाका अन्त्यमा बाणिज्य मन्त्रालयका सचिव श्री ङईन्द्र प्रसाद उपाध्यायद्वारा आगामी अप्रिल २०, २०१७ मा आयोजना हुन लागेको TIFA Council को बैठक भन्दा अगावै बिभिन्न वस्तुगत संघहरुद्वारा उपरोक्त ६६ ओटा वस्तुहरुमा केन्द्रीत रहि अमेरिकालाई निर्यात गर्ने उद्देश्यले २ ओटा वस्तुहरुको प्रवद्र्धनका लागि मन्त्रालय समक्ष विस्तृत कार्यक्रम सहित सिफारिश गर्न अनुरोध गर्नुभयो ।