भुकम्प पिडितहरुलाई संघ तथा संघको पदाधिकारीहरुको तर्फबाट राहत सामाग्री बितरण गरियो

२०७२ साल जेष्ठ ८ गते शुक्रबार बिहान १०ः०० बजे यस संघका का. वा. अध्यक्ष श्री चण्डी प्रसाद अर्यालज्यूको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासचिव श्री अशोक कुमार अग्रवाल, का. स. सदस्य श्री पशुपति देव पाण्डे, श्री थोमनाथ बस्याल र श्री आशिष शेन गुप्ताज्यूले सम्माननीय प्रधानमन्त्री शुशिल कोइरालाज्यूलाई प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संघको तर्पmबाट २,५१,०००।– नगद र खाद्यान्न, त्रिपाल, ब्ल्याङ्गेत, तन्ना रु. ३५,१०,२५०।– सामान खरिद गरी उक्त सामान २०७२ साल बैशाख १२ गतेको भुकम्पमा परी घरबार गुमाएका भुकम्प पिडितहरुलाई संघ तथा संघको पदाधिकारीहरुको तर्फबाट  तल उल्लेखित जिल्लाहरुमा गई संघका प्रतिनिधि तथा स्थानियको रोहबरमा राहत सामाग्री बितरण गरियो ।

संघको तर्पmबाट प्रधानमन्त्री दैवी प्रकोप उद्वारकोष जनता बैंक नेपाल लि. चेक नं. ५४१३३५  बाट नगद सहयोग । २,५१,०००।–
काभ्रे भुम्लुटारका वडा नं. १, ३, ५, ९ का स्थानीय लक्ष्मी लामा, सम्झना लामा लगायत २०० घरका भुकम्प पिडितहरुलाई संघको तर्पmबाट र संघका सदस्य श्री पशुपति देव पाण्डेको तर्पmबाट प्रति घरलाई दाल १ केजी, चामल २५ केजी, त्रिपाल १ थान, तेल १ लिटर, नुन १ पाकेट र मसला १ पाकेट राहत बितरण गरिएको । ५,६९,०००।–
भक्तपुर जिल्ला चाँगुनारायण न. पा. ११ बुढाथोकी गाउँका रत्न बहादुर थापा समेत २०० घरका भुकम्प पिडितहरुलाई संघको तर्पmबाट र संघका सदस्य श्री पशुपति देव पाण्डेका  तर्पmबाट प्रति घर दाल १ केजी, चामल २५ केजी, त्रिपाल १ थान, तेल १ लिटर, नुन १ पाकेट राहत बितरण गरिएको । ५,६९,०००।–
स्थानीय प्रतिनिधिको रोहबरमा धादिङ्ग जिल्ला फुलकोटका ६० घरका भुकम्प पिडितहरुलाई संघको तर्पmबाट प्रति घर दाल १ केजी, चामल २५ केजी , तेल १ लिटर, नुन १ पाकेट राहत बितरण गरिएको । ९४,६००।–
नुवाकोट फिकुरी गा. वि. स. वडा नं. ४ का स्थानीय मंगल तामाङ्ग लगायत २५ घरका भुकम्प पिडितहरुलाई संघ तथा संघका सदस्यहरु श्री पशुपति देव पाण्डे, श्री थोमनाथ बस्याल र श्री बशन्त राज अधिकारीको तर्पmबाट प्रति घर ३० केजीका दरले चामल बितरण गरिएको । ३१,५००।–
नुवाकोट जिल्ला भद्रुटार गा. वि. स. वडा नं. १, २, ३, ४, ५ र ६ का स्थानीय गोकर्ण प्रसाद पाण्डे लगायत ४०० घरका भुकम्प पिडितहरुलाई संघ तथा संघका सदस्यहरु श्री पशुपति देव पाण्डेका तर्पmबाट प्रति घर चामल ३० केजी, तेल १ लिटर, दाल १ केजी, त्रिपाल १ थान, ब्ल्याङ्गकेट १ थान, तन्ना १ थान, चिनी १ केजी बितरण गरिएको । १२,७०,०००।–
नुवाकोट जिल्ला मदानपुर गा. वि. स. वडा नं. ३ र ५ का स्थानीय प्रतिनिधि राजेन्द्र रमण खनाल लगायत २०० घरका भुकम्प पिडितहरुलाई संघ तथा संघका सदस्यहरु श्री पशुपति देव पाण्डे, श्री थोमनाथ बस्याल र श्री बशन्त राज अधिकारीको तर्पmबाट चामल ३० केजी, तेल १ लिटर, दाल १ केजी, नुन १ पाकेट, त्रिपाल १ थान, तन्ना १ थान, बितरण गरिएको । ५,८५,०००।–
सिन्धुपाल्चोक जिल्ला बतासे गा. वि. स. का स्थानीय अशोक पराजुली लगायत ८० घरका भुकम्प पिडितहरुलाई संघ तथा संघका सदस्य श्री पशुपति देव पाण्डे तर्पmबाट खाद्यान्न बितरण । दाल १ केजी, चामल २५ केजी, तेल १ लिटर, नुन १ पाकेट, चिनी १ केजी, चियापत्ति १ पाकेट प्रति घर परिवारलाई राहत बितरण गरिएको । १,२३,६००।–
संघको तर्पmबाट संघका पदाधिकारी र का. स. सदस्य ईमान सिंह लामा, अशोक कुमार अग्रवाल, संजय कुमार अग्रवाल, भुपेन्द्र कुमार बस्नेत, थोमनाथ बस्याल र पशुपति देव पाण्डेद्वारा सिन्धुपाल्चोक जिल्ला महाकाल गा. वि. स. वडा नं. ५ का मानेडाँडा, चित्रेडाँडाका भुकम्प पिडित १३५ घरका परिवारलाई प्रत्येक घर परिवारलाई ३० के.जी. चामल, २०० थान ब्ल्याङ्गेट र १७ थान पाल वितरण गरियो । २,३१,३५०।–
१०. संघको तर्पmबाट काभ्रेपलाञ्चोक जिल्ला गोठपानी गा. वि. स. वडा नं. ३ मा १५ थान त्रिपाल बितरण गरियो । १५,८००।–
११. गोरखा जिल्ला दाँखु गा. वि. स. वडा नं. ७ का स्थानीय जीवन पुलामी सहितको १५ भुकम्प पिडितहरुलाई प्रति घर १ बोरा चामल र १ थान तन्ना राहत बितरण गरियो । २०,४००।–
जम्मा रकम ३७,६१,२५०।–