Press Release

नेपाल तयारी पोशाक उद्योग संघ (GAN) तर्फबाट

कार्यवाहक अध्यक्ष श्री चण्डी प्रसाद अर्यालले जारी गर्नु भएको

प्रेस विज्ञप्ति

संयुक्त राज्य अमेरिकी राष्ट्रपति महामहिम बाराक ओबामाद्वारा यहि फेब्रुअरी २४, २०१६ मा नेपाली तयारी पोशाकलाई भंसार रहित सुविधा प्रदान गर्ने बिधेयकमा हस्ताक्षर गर्नु भएबाट अमेरिकी बजारमा नेपाली तयारी पोशाक निकासीको लागि एक स्वर्णिम अवसर सिर्जना भएको र यसबाट course work writing service नेपाली तयारी पोशाक उद्योगको पुनरुत्थानमा महत्वपूर्ण योगदान पुग्ने कुरामा नेपाल तयारी पोशाक उद्योग संघ विश्वस्त रहेको छ । सन् २००२ मा रु. १२ अरब बराबरको तयारी पोशाक निर्यात भएकोमा सो पछिका बर्षहरुमा निकासीमा क्रमशः ह्रास आई सन् २०१४÷२०१५ मा रु ५ अर्बमा सीमित हुन पुगेको छ । नेपालमा रोजगारी सृजना गर्न एवं विदेशी मुद्रा आर्जन गर्नका लागि महत्वपूर्ण श्रोत मानिएको तयारी पोशाक उद्योग पुनरुत्थान एवं प्रवद्र्धन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका महामहिम अमेरिकी राष्ट्रपति, सिनेट र कंग्रेसका सदस्यहरु एवं अमेरिकी सरकारका सम्बद्ध पदाधिकारीहरु प्रति सम्पूर्ण नेपाली तयारी पोशाक उद्योगीहरुका तर्पmबाट कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यसैगरी संयुक्त राज्य अमेरिकामा भंसार शुल्क रहित बजार प्रवेश सुविधाको लागि पहल गर्नुहुने नेपाल सरकारका विगत र हालका उच्च पदस्थ कर्मचारी र विशेष गरी संयुक्त राज्य अमेरिकाका लागि महामहिम राजदुत श्री अर्जुन कार्की र उहाँका सहयोगी अधिकारीहरुलाई समेत संघको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन   गर्दछु ।

आगामी १० बर्षसम्मका लागि नेपाली तयारी पोशाक उद्योगलाई भंसार शुल्क रहित बजार प्रवेश सुविधा दिने निर्णयले गत बैशाख महिनामा देश भित्र आईपरेको महाभुकम्पपछि हुन लागेको पुनस्थापना तथा आर्थिक पुननिर्माणको प्रयासलाई युवा, महिला र बिपन्न समुदायलाई रोजगारी दिंदै तयारी पोशाक उद्योगले आवश्यक सहयोग पु¥याउने कुरा स्पष्ट छ ।

नेपाली तयारी पोशाकको सहज बजार प्रवेश सुविधाका लागि अमेरिकी सरकारबाट भएको निर्णयले नेपालको विद्यमान ब्यापार घाटालाई साँघुरो बनाउने, रोजगारीका थप अवसरहरु सृजना हुने तथा अन्य बिभिन्न सहायक उद्योगहरु संचालनमा आई समस्त अर्थतन्त्रलाई समेत टेवा पु¥याउने विश्वास गरिएको छ । तथापी यस अवसरलाई पूर्णरुपमा सदुपयोग गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुले अल्पकालिन तथा दीर्घकालिन रुपमा अवलम्वन गर्ने गरी कार्य योजना तर्जुमा गरी लागु गर्न आवश्यक छ । यसरी सरकारले तर्जुमा गर्ने कार्यक्रममा निजी क्षेत्रबाट योगदान पु¥याउन संघ प्रतिबद्ध छ ।  तयारी पोशाक उद्योग प्रवद्र्धनका लागि वर्तमान समयमा विद्यमान पूर्वाधारहरुको अपर्याप्ततालाई सम्बोधन गर्न नेपाल सरकारद्वारा बिशेष अािर्थक क्षेत्र सहितको सहुलियत सम्बन्धी व्यवस्था हुनुपर्ने देखिन्छ । त्यसैगरी तयारी पोशाक उद्योगले आयातकर्ताको अर्डर बमोजिम वस्तु उत्पादन गर्ने हुँदा उद्योगहरुलाई आवश्यक पर्ने श्रमिकहरुको आपूर्तिमा लचिलो प्रणाली लागु गर्न आवश्यक हुन्छ । तदनुरुप निर्यात उद्योगमा बन्द हड्ताल बन्देज गरिनु पर्ने, बन्दका अवसरमा पनि कार्गो एम्वुलेन्स मार्पmत buy lab reports online तयारी वस्तु एवं कच्चा पदार्थहरुको निर्वाध ढुवानी जस्ता व्यवस्थाहरु मिलाउन आवश्यक देखिन्छ । हालै नेपाल सरकारले बिशेष आर्थिक क्षेत्र (SEZ) का सम्बन्धमा गरेको निर्णय स्वागतयोग्य रहेको छ । नेपाल सरकारको तर्फबाट  SEZ  संचालनका लागि पर्याप्त बजेटको व्यवस्था गरी यथाशिघ्र संचालनमा ल्याउने तर्पm पनि आवश्यक प्रयास हुने छ भनि आशा एवं विश्वास गर्दछौं ।

२०७२/११/१४