Notices

संघको २५औं बार्षिक साधारण सभा सम्पन्न

नेपाल तयारी पोशाक उद्योग संघको २५औं बार्षिक साधारण सभा यहि २०७४ साल भाद्र १५ गते बिहिबारका दिन काठमाण्डौंमा सम्पन्न भयो । संघको अध्यक्ष श्री चण्डी प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न बन्द शत्रमा संघका अध्यक्षद्वारा औपचारिक कार्यक्रममा प्रस्तुत हुने स्वागत मन्तब्य, महासचिव श्री अशोक कुमार अग्रवालका तर्पmबाट सहसचिव श्री पशुपति देव पाण्डेद्वारा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदन तथा कार्य प्रगति विवरण एवं संघका कोषाध्यक्ष श्री संजय कुमार अग्रवालद्वारा प्रस्तुत लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७२।७३ तथा २०७३।७४ को वासलात तथा आ. व. २०७४।७५ को अनुमानित आय व्ययको विवरण सर्वसम्मतिद्वारा पारित भयो ।

वन्द शत्र समाप्ति भए पश्चात प्रारम्भ भएको संघको २५औं बार्षिक साधारण सभाको औपचारिक कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकार बाणिज्य मन्त्री माननीय मीन बहादुर विश्वकर्माले गर्नु भएको थियो । संघका अध्यक्ष श्री चण्डी प्रसाद अर्यालद्वारा स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा नेपाल सरकारका तर्पmबाट बाणिज्य सचिव श्री ङईन्द्र प्रसाद उपाध्याय, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष श्री उमेश लाल श्रेष्ठ, नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष श्री राजेश काजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री हरीभक्त शर्मा तथा नेपाल तयारी पोशाक उद्योग संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं हाल बिशेष सदस्य श्री चण्डीराज ढकाल समेतद्वारा सम्बोधन गरिएको थियो । २५औं बार्षिक साधारण सभाका अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि माननीय बाणिज्य मन्त्री मीन बहादुर विश्वकर्माद्वारा संघका पूर्व अध्यक्षहरु श्री किरण प्रकाश साखः एवं श्री बृज गोपाल ईणानीलाई चाँदीका सिक्का एवं सम्मानपत्र प्रदान गरिएको थियो । स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित हुनु भएका संघका पूर्व अध्यक्ष श्री केदार बहादुर अमात्यलाई निज कै निवासमा उपहार तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

तत् पश्चात् सन् २०१६ का अवधिभर भारत तथा तेश्रो मुलुकमा आफ्नो तयारी पोशाक निर्यात गर्ने तीन उत्कृष्ट सदस्य उद्योगहरु सर्वश्री काठमाण्डौं स्टार फेशन (प्रा.) लि., पल्स फेशन सोलुसन (प्रा.) लि. र नेपाल फेशन (प्रा.) लि. लाई GAN Excellency Award द्वारा सम्मानित गरिएको छ ।

त्यसैगरि प्रमुख अतिथिद्वारा संघको वर्तमान कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान पत्र प्रदान गरिनुका साथै सचिवालयमा कार्यरत अधिकृत एवं कर्मचारीहरुलाई उपहार तथा सम्मान पत्र वितरण गरिएको थियो । संघका अध्यक्षद्वारा समारोहका प्रमुख अतिथि माननीय बाणिज्य मन्त्री मीन बहादुर विश्वकर्मालाई मायाको चिनो प्रदान गरिएको थियो । समारोहको अन्त्यमा, संघका प्रथम उपाध्यक्ष श्री ईमान सिंह लामाद्वारा धन्यवाद ज्ञापन गरिएको थियो ।